Close sidebar

लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ । सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले गत माघ २२ […]

नेपालगञ्ज, बाँके – नेपालगञ्जको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन अहोरात्र खटिएका ट्राफिक पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रविण आचार्य सम्मानित भएका छन्। सुरक्षित यात्रा नेपालले आयोजना गरेको एक विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो। सई आचार्यले नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा देखाएको लगनशीलता, दुर्घटना न्यूनीकरणमा खेलेको भूमिका र सुरक्षित तथा मर्यादित यात्राका लागि गरेको योगदानको […]

मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८० को फाइनल खेलअघि आयोजकले खेलाडीहरूलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराएको छ। फागुन २४ गते हुने फाइनल खेलमा राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब, बाँके प्रतिस्पर्धा गर्दैछन्। फाइनलअघि खेलाडीहरूलाई एक दिनको विश्राम दिँदै आयोजकले निकुञ्जमा सफारी गराएको हो। कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र […]

सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा शुक्रबार ट्राफिक सचेतना र्‍याली र काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास सम्पन्न भएको छ। सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझी चोकमा आयोजित कार्यक्रममा नगर प्रमुख […]

राप्ती सोनारी, फागुन १९ गते। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न प्रथम राप्ती सोनारी कृषि व्यापार एवं प्रवर्धन महोत्सव २०८१ को पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । फागुन २ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी ५ मा रहेको चिलरिया रङ्गशालामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रममा विभिन्न विधाका विजेता तथा सहभागीहरूलाई पुरस्कृत गरिएको […]

काठमाडौँ । प्रसिद्ध ज्यो पं डा रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच अब अति भइसक्यो, जागौं (राष्ट्र भक्ति गीत) , आमा (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत) का ३ भिडियोहरु रिलिज गरिएको हो । बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा […]

कोहलपुर, बाँके । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र रिजालमाथि गम्भीर आरोप लगाएका छन् । मेयर आचार्यले सिडिओ रिजालले एसईई परीक्षा केन्द्र निर्धारणमा संस्थागत विद्यालयसँग सौदाबाजी गरेको आरोप लगाएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर आचार्यले सिडिओ रिजालले ‘नैतिक रूपमा भ्रष्ट’ भएको र ‘समाजलाई चौपट पार्न खोजेको’ आरोप […]

१५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारवाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा शुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत खुल्ला टि २० क्रिकेट प्रतियोगिता शुरु भएको हो । आज विहिवार खेल […]

लामो समयदेखि अस्तव्यस्त रहेको नेपालगन्जको सडक व्यवस्थापनमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। बरिष्ठ प्रहरी नायब निरीक्षक प्रविण आचार्यको नेतृत्वमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापन र फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको हो। सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोड लगायतका क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथ अतिक्रमणका […]

सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ […]