Close sidebar

अखिल नेपाल महिला संघ कोहलपुरको आयोजनामा तीज नृत्य प्रतियोगिता, विजेतालाई ५ हजार पुरस्कार

कोहलपुर । अखिल नेपाल महिला संघ, कोहलपुर नगर कमिटीले हरितालिका तीजको अवसरमा तीज एकल खुला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

संघको कोहलपुर नगर कमिटीको बैठकले आगामी २०८३ भदौ २० गते कोहलपुरस्थित भेरी शीत भण्डारको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

Advertisement

नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व तीजको मौलिकता र सांस्कृतिक पक्षलाई संरक्षण गर्दै आपसी सद्भाव, प्रेम र एकताको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले रु. ५ हजार, द्वितीयले रु. ४ हजार र तृतीय हुनेले रु. ३ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, एक जनालाई रु. १ हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन रु. ५०० दर्ता शुल्क तोकिएको छ। नाम दर्ता गर्ने अन्तिम मिति २०८३ भदौ १६ गते साँझ ६ बजेसम्म रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रसहित रु. ६०० नगद प्रदान गरिने आयोजक ले बताएको छ।
आयोजकले बाँकेका दिदीबहिनीहरूलाई प्रतियोगितामा सहभागी भई तीजको मौलिक संस्कृति र कलाको संरक्षणमा योगदान गर्न आग्रह गरेको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...