Close sidebar

राप्ती सोनारीमा निर्माणाधीन ६४ मेट्रिक टन क्षमताको शीत भण्डार अनुगमन, बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन

राप्ती सोनारी, बाँके ।
राप्ती सोनारी गाउँपालिका–४ मा आलु भण्डारण प्रयोजनका लागि निर्माणाधीन ६४ मेट्रिक टन क्षमताको शीत भण्डार (कोल्ड स्टोर) को प्रगति तथा बाँकी निर्माण कार्यको अनुगमन गरिएको छ।
गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह चौधरी, वडा नं. ४ का वडाध्यक्ष गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्षसहितको टोलीले निर्माणस्थल पुगेर शीत भण्डारको स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो।
अनुगमनका क्रममा टोलीले निर्माण कार्यको हालसम्मको प्रगति, गुणस्तर तथा बाँकी रहेका कामबारे जानकारी लिँदै समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ।
स्थानीय कृषकहरूलाई आलु तथा अन्य कृषि उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले शीत भण्डार निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। शीत भण्डार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन बिक्रीका लागि उचित समयसम्म भण्डारण गर्न सक्ने तथा कृषि उत्पादनको नोक्सानी कम हुने अपेक्षा गरिएको छ।
गाउँपालिका नेतृत्वले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बताएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...