Close sidebar

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा कोहलपुर–५ स्थित ब्रिज इन्टरनेसनल स्कुलले ज्ञानज्योति मावि चप्परगौडीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
निर्धारित समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेल पेनाल्टीमा पुगेको थियो। त्यसपछि ब्रिजका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारे।
खेलका वास्तविक हिरो बने गोलकिपर निराजन सिंह बुढा। उनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाएपछि “प्लेयर अफ द म्याच” घोषित भए। निराजनको शानदार प्रदर्शनले मैदानमा उपस्थित दर्शकहरू समेत उत्साहित बनेका थिए।
पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि अब्बल बन्दै आएको ब्रिज इन्टरनेसनल स्कुल अहिले प्रतियोगिताको बलियो उपाधि दाबेदारका रूपमा उभिएको छ। हालै मात्र एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयले शैक्षिक र खेलकुद दुवै क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै गएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...