Close sidebar

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम राख्दै आएको कोहलपुर नगरपालिकाले फेरि एकपटक इतिहास रचेको छ । १७औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लगातार पाँचौँ पटक उपाधि जित्दै कोहलपुरले जिल्लाकै सबैभन्दा सफल खेलकुद शक्तिका रूपमा आफूलाई स्थापित गरेको हो ।
यस वर्षको प्रतियोगितामा कोहलपुर नगरपालिकाले शानदार प्रदर्शन गर्दै २२ स्वर्ण, ९ रजत र १३ कास्य पदक हात पार्दै समग्र च्याम्पियन बन्न सफल भयो । लगातार पाँच वर्षदेखि उपाधि आफ्नो नाममा पार्दै आएको कोहलपुरले यसपटक पनि प्रतिस्पर्धी पालिकामाथि स्पष्ट दबाब कायम राखेको देखियो ।
खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, प्रशिक्षकहरूको अथक मेहनत र नगरपालिकाको लगानीले फेरि एकपटक सुनौलो नतिजा दिएको स्थानीयले बताएका छन् ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष कुमार श्रेष्ठ का अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले १५ स्वर्ण, ११ रजत र १९ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने खजुरा गाउँपालिका ८ स्वर्ण, ४ रजत र ९ कास्य पदकसहित तेस्रो स्थानमा सीमित भयो ।
गत वर्ष सम्पन्न १६औँ संस्करणमा पनि कोहलपुरले १८ स्वर्णसहित उपाधि जितेको थियो । यसपटक स्वर्ण संख्या अझ बढ्दै गएकोले कोहलपुरको खेल संरचना, प्रशिक्षण प्रणाली र खेलाडी उत्पादन क्षमता झन् मजबुत बन्दै गएको संकेत देखिएको छ ।
उपाधिपछि प्रतिक्रिया दिँदै नगर प्रमुख पूर्ण प्रसाद आचार्य ले यो सफलता सामूहिक मेहनतको परिणाम भएको बताए ।
उनले खेलाडी, प्रशिक्षक, खेलकुद विकास समिति, जनप्रतिनिधि तथा कर्मचारी सबैलाई धन्यवाद दिँदै भने,
“पालिकाले गरेको लगानीको प्रतिफल खेलाडीहरूले मैदानमा देखाएका छन् । यस सफलताले आगामी दिनमा अझ ठूला योजना अघि बढाउन ऊर्जा दिएको छ ।”
उनले कोहलपुरलाई भविष्यमा “खेलकुद ग्राम” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको पनि स्पष्ट पारे ।
त्यस्तै, कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री ले लगातार पाँच वर्षसम्म जिल्लाको सबैभन्दा ठूलो विद्यालय खेल प्रतियोगितामा उपाधि जित्नु सामान्य उपलब्धि नभएको बताए । उनका अनुसार अब कोहलपुरको लक्ष्य जिल्ला मात्र नभई प्रदेश र राष्ट्रिय स्तरमा पनि यही लय कायम राख्नु हो ।
लगातार पाँच वर्षसम्मको यो ऐतिहासिक सफलता केवल पदकको जीत मात्र होइन, कोहलपुरमा खेलकुदप्रति बढ्दो प्रतिबद्धता, संस्थागत तयारी र खेलाडीमैत्री वातावरणको बलियो प्रमाण बनेको छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...