Close sidebar

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्य

बैजनाथ, असार १७ — बाँकेको बैजनाथ गाउँपालिकाले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत ७० प्रतिशत अनुदानमा मिनी टिलर वितरण अभियानलाई निरन्तरता दिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले २०३ जना किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराउने लक्ष्य लिएको छ। सोही कार्यक्रमअन्तर्गत बुधबार गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर ३ र ४ का ६० जना किसानलाई मिनी टिलर वितरण गरिएको हो।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही ले किसानलाई मिनी टिलर हस्तान्तरण गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमार्फत उत्पादन वृद्धि गरी किसानको आयस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो।

उहाँका अनुसार पहिलो चरणमा वडा नम्बर १ र २ का ३३ जना किसानलाई मिनी टिलर वितरण गरिसकिएको छ। बैजनाथको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न गाउँपालिका प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

अध्यक्ष शाहीले परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउँदै किसानको श्रम, समय र लागत घटाउने तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। साथै, किसानको आर्थिक अवस्था सुदृढ बनाउन गाउँपालिकाले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

गाउँपालिकाका अनुसार विगत चार वर्षदेखि ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत किसानलाई ७० प्रतिशत तथा शतप्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री तथा उपकरण उपलब्ध गराउँदै आइएको छ। यस वर्ष छुटेका किसानलाई आगामी आर्थिक वर्षको बजेटमार्फत समेटिने अध्यक्ष शाहीको भनाइ छ।

Advertisement

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर शाही, कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, नायब प्राविधिक सहायक सचिन मेघनाथ लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाले कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। मिनी टिलर वितरणले खेतीपातीलाई अझ सहज, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...