Close sidebar

सीमामा तस्करी नियन्त्रण गर्न नसक्दा प्रधानकार्यालय तानिए सशस्त्रका एसपी

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीलाई प्रधानकार्यालय तानिएको छ ।
नेपालगञ्ज नाकाबाट हुँदै आएको तस्करी नियन्त्रण गर्न नसकेको र सर्वसाधारणमाथि कुटपिट गर्दै जिम्मेवारी बहन गर्न असमर्थ देखिएको भन्दै डाँगीलाई हेडक्वार्टर तानिएको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज प्रधानकार्यालयमा हाजिर हुँने गरि डाँगीको सरुवा गरेको हो । यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययनमा खटाएको थियो ।
समितिले अनुसन्धान सकेलगत्तै एसपी डाँगी केन्द्रमा तानिनुभएको हो । नाकाबाट सामान ल्याइरहेका सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै सशस्त्र प्रहरीको आलोचना भइरहेको छ ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...