Close sidebar

बाँकेमा महिला नेतृत्वबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ बाँकेमा जिल्लास्तरीय महिला नेतृत्वबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

सिटि युथ क्लब, कोहलपुरको आयोजनामा भोलि बैशाख ४ गते गोरखा युनाइटेड पब्लिक स्कूलमा हुने प्रतियोगितामा महिला माननीय तथा स्थानीय जनप्रतिनिधि र क्रियाशील महिला पत्रकारहरू बीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

प्रतियोगिता साझ ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत महिला नेतृत्वबीच आपसी सहकार्य, स्वास्थ्यप्रति जागरूकता तथा खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा विजेता तथा सहभागीहरूलाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कारको व्यवस्था प्रदेश सांसद विकास कोष अन्तर्गत माननीय मिना कुमारी श्रेष्ठबाट गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूले सहयोग गरेका छन्।
खेल संयोजक दिनेश उपाध्याय र क्लबका अध्यक्ष युवराज शाहीले सबै सरोकारवाला, खेलप्रेमी तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...