Close sidebar

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि चलाए गोली 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले कार्यकक्षभित्रै आफैँमाथि गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका २१ वर्षीय न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’
उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ । न्यौपानेले शुक्रबार साँझ के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताएका छन् । रासस

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...