Close sidebar

हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना

नेपालगन्ज । बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन् । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ ।

ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त भइ तीन तहका सरकार मार्फत संविधानको कार्यान्वयन र संघीयताको मर्मअनुरुप संघ, प्रदेश र स्थानीय सरकारहरु मार्फत विकासका पहल/प्रयत्नहरु भइरहेको उल्लेख गरेका छन् ।

Advertisement

त्याे अवस्थामा प्राप्त उपलब्धिहरुको संस्थागत विकास हुँदै गर्दा काठमाण्डौमा राजावादी समुहले आन्दोलनका नाममा गरेको हिंसात्मक गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाए । संयुक्त अपील जारि गर्दै उनीहरुले सरकारी तथा निजी सम्पत्ति माथिको आगजनी र तोडफोड, संचारगृह र संचारकर्मी माथिको आक्रमण एवं हत्या, मानवअधिकारकर्मी एवं कर्मचारीमाथिको आक्रमण एवं दुर्व्यवहारको घटनाको सख्त विरोध जनाएका हुन ।

उनीहरुले दोषी उपर कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् । हिंसात्मक घटनाको शिकार भइ मृत्यु वरण गर्न पुगेका पत्रकार सुरेश रजक र सवारी चालक सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Advertisement

लोकतन्त्र माथि धावा बोल्ने र यस माथि आँच पुर्याउने कुनै पनि कदम नेपाली जनताका निम्ति सर्वथा अस्वीकार्य भएको उनीहरुको ठहर छ ।

संविधान प्रदत्त अधिकारको प्रयोग गरि शान्ति पुर्वक आफ्नो कुरा राख्ने, आन्दोलन गर्ने र जनमत सृजना गर्ने कार्य जायज भएपनि आन्दोलनका नाममा गरिने हिंसात्मक गतिविधिकाे निन्दनीय गरेका छन् साथै यस खालका अराजक गतिविधिको समयमै नियन्त्रण गर्न र लोकतान्त्रिक मुल्य मान्यता प्रति सचेत रहन, सरकार र आम नागरिक समुदायमा अपील गरेका छन् ।

Advertisement

यसरी बिज्ञप्ति प्रकाशन गर्नेमा देवीलाल चौलागाई, अध्यक्ष (नेपाल निजामती कर्मचारी संगठन, बाँके)डा.पूर्ण बहादुर शाही, सचिव (नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँके) कमल डाँगी, अध्यक्ष (प्रेस चौतारी नेपाल, बाँके), सुरेश गौतम,उपाध्यक्ष (प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, बाँके)कन्चन तिवारी,अध्यक्ष(प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन ) रहेका छन् ।

त्यसैगरी प्रभात कुमार ठकुरी केन्द्रिय सदस्य (मानव अधिकार एलायन्स), बसन्त गौतम प्रदेश संयोजक (एड्भोकेशी फोरम) टेकनाथ आचार्य,अधिकृत(इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज) घनश्याम आचार्य अध्यक्ष (मानव अधिकार एलायन्स) खडक रोका, अध्यक्ष
(नेपाल स्वास्थ्य प्राविधिक संघ)ज्ञानु स्वर्णकार उपाध्यक्ष (दलित महिला संघ, बाँके) रहेका छन् ।

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...