कोहलपुर, बैशाख १३ – कोहलपुरमा रहेको ‘शुभलक्ष्मी कलेक्सन’ मा बैशाख ७ गते विद्युतीय शटका कारण भीषण आगलागी हुँदा पसलमा रहेका जिन्सी सामान, नगद र फर्निचरहरू पूर्ण रूपमा नष्ट भएका छन्। उक्त व्यवसाय कोहलपुर कपडा व्यवसायी सङ्घका साधारण सदस्य मेगराज लम्सालको संचालनमा रहेको हो। व्यवसायमा भएको उक्त ठूलो क्षतिपछि लम्सालको पुनःस्थापनाका लागि कोहलपुर कपडा व्यवसायी सङ्घले […]
कोहलपुर, ३ – कोहलपुर-३ मैटहवा स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर डोजो स्तरिय गोजु-रियो कराते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ। कार्यक्रममा उप–मेयर प्रमुख अतिथिको रूपमा सहभागी हुने छन् भने केन्द्रिय पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहने छ। प्रतियोगितामा बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाबाट गरी १५ वटा डोजो टिमहरूको सहभागिता रहने आयोजकले जानकारी […]
बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टाेलीले […]
बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको शुभलक्ष्मी फेन्सी स्टोरमा आज बिहान आगलागी भएको छ। कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट पसलमा रहेका करिब ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको खबर पाएलगत्तै कोहलपुर नगर प्रहरी, स्थानीय […]
चैत १५ गतेको तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणालाई छाड्ने तयारी गरिएको छ । महामन्त्री राणालाई उपचारका लागि छाड्न लागिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार राणाको परिवारले उपचारको प्रबन्ध मिलाउनका लागि रिहा गर्न निवेदन दिएको थियो । गृह मन्त्रालयका अनुसार बोलाएको बखत उपस्थित हुने गरी रिहा गर्न लागिएको हो । चैत […]
कोहलपुर,२५ चैत नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को कोहलपुर नगरपालिका वडा नम्बर–१४ टिम च्याम्पियन बनेको छ । कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर–१३ लाई १–० गोलले हराउँदैँ च्याम्पियन बनेको हो । उपाधिसँगै वडा नम्बर–१४ ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वडा नम्बर–१४ ले भने ३५ हजार रुपैयाँ […]
बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका […]
टार्जन वली बाँके ,चैत १८ – सल्यान जिल्ला वनघाट कुपिण्डे नगरपालिका वडा नम्बर ९ निवासी गोविन्दराज बिक आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्दा विचल्लीमा परेका छन्। बुबा कुलेकामीका अनुसार १९ वर्षको उमेरमा बिरामी भएका गोविन्दराज चार वर्षदेखि दुवै मिर्गौला फेल भएर थला परेका छन्। हाल २३ वर्षीय गोविन्दराजको काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। […]
लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले संघीय शासन प्रणालीलाई प्रदेश र स्थानीय सरकारले पालना गर्न आवश्यक रहेको बताएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आइतवार प्रदेश सभा सचिवालयले आयोजना गरेको स्थानीय कानून निर्माण सम्वन्धी सहकार्य कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । केन्द्रले बनाएका कानूनहरु प्रदेश सरकारले र प्रदेश सरकारले बनाएका कानूनहरु स्थानीय सरकारले कार्यान्वयन […]
बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । आइतवार वडा नंं. २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच […]











