कोहलपुरमा अन्तर डोजो स्तरिय गोजु-रियो कराते प्रतियोगिता हुने
कोहलपुर, ३ – कोहलपुर-३ मैटहवा स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर डोजो स्तरिय गोजु-रियो कराते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ।
कार्यक्रममा उप–मेयर प्रमुख अतिथिको रूपमा सहभागी हुने छन् भने केन्द्रिय पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहने छ।
Advertisement
प्रतियोगितामा बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाबाट गरी १५ वटा डोजो टिमहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। करिब २५० देखि ३०० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।
खेल संयोजन निम प्रसाद खनालको संयोजकत्वमा हुँदैछ भने प्रतियोगितामा तौल अनुसार खेल हुने छ। प्रथम पुरस्कार नगद ७,०००, दोस्रो पुरस्कार ४,००० र तेस्रो पुरस्कार ३,००० रुपैयाँ राखिएको छ।
Advertisement
प्रत्येक खेलाडीबाट ४०० रुपैयाँ प्रवेश शुल्क लिइनेछ। कार्यक्रमको सम्पूर्ण खाना तथा नास्ताको व्यवस्थापन आयोजकले गर्ने बताइएको छ।
प्रतियोगिताबाट उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता गराइने योजना रहेको आयोजक अध्यक्ष यज्ञ महराले जानकारी दिए।
Advertisement
यस प्रतियोगिताले कोहलपुरमा खेलकुद क्षेत्रको विकासमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।






































प्रतिक्रिया