Close sidebar

नगर स्तरीय फुटबल प्रतियोगिताको वडा नं.१४ च्याम्पियन

कोहलपुर,२५ चैत
नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को कोहलपुर नगरपालिका वडा नम्बर–१४ टिम च्याम्पियन बनेको छ । कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर–१३ लाई १–० गोलले हराउँदैँ च्याम्पियन बनेको हो ।

उपाधिसँगै वडा नम्बर–१४ ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वडा नम्बर–१४ ले भने ३५ हजार रुपैयाँ पुरस्कार प्राप्ता गरेको हो । खेलको पहिलो हाफ ३१ मिनेटमा वडा नम्बर–१४ का जर्सी नम्बर १० एलिस परियारले गोल गरेका थिए ।

Advertisement

परियाको गोल नै निर्णयक बन्यो । वडा नम्बर–१३ को टीमले थुप्रै अवसर पाएपनि गोल गर्न असफल बन्यो । खेल दोस्रो हाफ निकै रोमन्चक बनेको थियो । प्रतियोगिताको बेष्ट गोल किपर छेवान थापा,बेष्ट डिफेन्डर राजसारु मगर र बेष्ट खेलाडी भने युनिस क्षेत्रीले बनेका हुन् ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक प्रतियोगिताको सञ्चालन गरेको हो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताले धेरै युवा खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्फुट गर्ने अवसर पाएको बताए।
गोल्डकपमा स्थानीय खेलाडीहरुको सहभागीताको लागि प्रतियोगिता बाट खेलाडी छनोट गर्ने मुख्य उदेश्य रहेको उनको भनाइ थियो ।स्थानीय खेलाडीहरुको प्रोत्साहन गर्न स्थानीय सरकार लागि परेको बताए ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

खेलकुद बाटै कोहलपुरलाई चिनाउन सकिने उपप्रमुख संगिता सुवेदीले बताइन् । उनले खेलकुदबाट युवाहरुलाई सकरात्मक सोचको विकास गर्न र स्वास्थ राख्न मद्दत पुग्ने उनको भनाइ छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...