Close sidebar

शुभलक्ष्मी कलेक्सनमा भएको आगलागीपछिको पुनःस्थापनामा कोहलपुर कपडा व्यवसायी सङ्घको सह्रानीय पहल

कोहलपुर, बैशाख १३ – कोहलपुरमा रहेको ‘शुभलक्ष्मी कलेक्सन’ मा बैशाख ७ गते विद्युतीय शटका कारण भीषण आगलागी हुँदा पसलमा रहेका जिन्सी सामान, नगद र फर्निचरहरू पूर्ण रूपमा नष्ट भएका छन्।

उक्त व्यवसाय कोहलपुर कपडा व्यवसायी सङ्घका साधारण सदस्य मेगराज लम्सालको संचालनमा रहेको हो।

Advertisement

व्यवसायमा भएको उक्त ठूलो क्षतिपछि लम्सालको पुनःस्थापनाका लागि कोहलपुर कपडा व्यवसायी सङ्घले सह्रानीय कदम चालेको छ। सङ्घको सक्रिय पहलमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, पूर्व कार्यसमिति पदाधिकारी, पूर्व सल्लाहकार, हालका पदाधिकारी र सदस्यहरूको ऐक्यबद्धतामा विभिन्न व्यवसायी र शुभचिन्तकहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो।

सङ्घले संकलन गरेको कुल रू. १,२६,०५५।– (एक लाख छब्बिस हजार पचपन्न रुपैयाँ) बराबरको रकम मेगराज लम्साललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। कोहलपुर कपडा व्यवसायी सङ्घका अध्यक्ष राजिब शर्माका अनुसार उक्त सहयोगले लम्सालको व्यवसाय पुनः सञ्चालन गर्न महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

रकम हस्तान्तरण कार्यक्रम सङ्घको कार्यालय, एनटिभी रोड, कोहलपुरमा एक औपचारिक समारोहका बीच सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागी सबैको एकता, सहयोग भावना र व्यवसायप्रतिको प्रतिबद्धताले कठिन घडीमा पनि सहकार्य र सहानुभूतिको उदाहरण प्रस्तुत गरेको छ।

सङ्घको यो कदमले स्थानीय व्यवसायीहरूबीच आपसी सहयोग र सामाजिक उत्तरदायित्वप्रति गहिरो सन्देश दिएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...