नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँकेले कृषि क्षेत्रको विकास र किसानहरुको हितलाई लक्षित गर्दै ४२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष कृष्ण विक्रम केसीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्। फागुन १० र ११ गते कोहलपुरमा आयोजित दुई दिने कार्यशालामा उठेका विषयवस्तुहरुलाई समेटेर यो घोषणापत्र तयार पारिएको […]
बाँकेको राप्तीसोनारीमा आगामी फागुन १ गतेदेखि प्रथम राप्तीसोनारी कृषि, व्यापार एवंम पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यो महोत्सव राप्तीसोनारी गाउँपालिका–५ बिनौना स्थित रंगशालामा सञ्चालन हुनेछ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, जडीबुटी र पर्यटनको विकास गर्नु रहेको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवले […]
नेपालगन्ज : बी ग्रुप र खजुरा गाउँपालिकाको आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको सहयोगमा खजुरा गाउँपालिकाका र बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले […]
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]
अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता […]
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय […]
सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा […]
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले बिधेयक सर्वसम्मतिले पारित भएको हो । बिधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथी छलफल गरेर मुल समितिले शुक्रबार बिधेयक पारित गरेको हो । […]
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ । सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको […]










