Close sidebar

राप्तीसोनारीमा पहिलो पटक कृषि, व्यापार एवं पर्यटन महोत्सव

बाँकेको राप्तीसोनारीमा आगामी फागुन १ गतेदेखि प्रथम राप्तीसोनारी कृषि, व्यापार एवंम पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यो महोत्सव राप्तीसोनारी गाउँपालिका–५ बिनौना स्थित रंगशालामा सञ्चालन हुनेछ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, जडीबुटी र पर्यटनको विकास गर्नु रहेको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवले राप्तीसोनारीको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने बताए।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, थारु गाउँको कन्सर्ट र स्थानीय कृषि उत्पादनको १२० वटा स्टल रहनेछन्। महोत्सव दिउँसो ३ बजेदेखि बेलुका साढे आठ बजेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...