Close sidebar

खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम

नेपालगन्ज : बी ग्रुप र खजुरा गाउँपालिकाको आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको सहयोगमा खजुरा गाउँपालिकाका र बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन (IPM) प्रविधिबाट उत्पादन गरिएको तरकारी समेत राखिएको थियो ।

अस्टम संग आवद्ध किसानहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि प्रविधिमा सहयोग गर्ने र सदस्यहरु मध्यका ५०० गरिब बिपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले जानकारी दिएका छन् ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत खजुरा वडा नम्बर दुईका कृषकलाई प्राङ्गारिक तरकारी उत्पादन गर्न र स्वस्थ्य जिवनयापनको लागी उत्प्रेरित गर्न कार्यक्रमले सहयिग गर्ने र प्रविधि र कृषकको स्वास्थ्यको लागी काम गर्ने बताइएको छ ।

कार्यक्रमलाई एमडिएम फ्रान्सले आर्थिक सहयोग गरेको हो ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...