Close sidebar

नयाँ दलमाथि पूर्णबहादुरको निशाना– गौरवपूर्ण इतिहास न भविष्य

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा  आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा खड्काले उक्त प्रतिवेदन पेस गरेका छन् ।

Advertisement

खड्काको सोही प्रतिवेदनमा देशले विकास, समुन्नति, स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख छ । ‘देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । परिस्थिति अप्ठ्यारो, चुनौती र समस्यारत रहेको उल्लेख गर्दै खड्काले यसबाट पार लगाउन कांग्रेस सक्षम रहेको दाबीसमेत गरेका छन् ।

नागरिकमा निराशा बढ्नुमा गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारण रहेको खड्काले व्याख्या गरेका छन् । ‘आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोशा कायम गरी समृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ प्रतिवेदनमा भनिएको छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

निराशाको व्यापार

राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्थावादी दलको नाम नलिई खड्काले ती दलले निराशा बढाएको आरोप लगाएका छन् । आम नागरिकको निराशाको जगमा टेकेर ‘लोकरिझ्याइँ गर्ने र पुनरुत्थानवादी’ प्रवृत्ति हाबी हुन खोजेको खड्काको आरोप छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न गर्नुको सट्टा ती शक्तिले थप निराशा बढाउने व्यापार गरिरहेको खड्काको विश्लेषण छ । लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको निष्कर्ष छ ।

Advertisement

 

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...