जाडो मौसममा घाम ताप्दा हुन्छ धेरै फाइदा
जाडो मौसममा सबैलाई घाममा बस्न मनपर्छ ।
घाम ताप्दा शरीरको थकान हट्छ । काम गर्ने ऊर्जा पनि घामबाट प्राप्त हुन्छ, किनकि घाम भिटामिन–डी लिने सबैभन्दा राम्रो माध्यम हो । तर, घाममा तपाईं जाडोमा बस्नुहोस् वा गर्मीमा आफ्नो आँखा र अनुहारलाई घामबाट जोगाउनुपर्छ ।
किनकि धेरै बेरसम्म घाममा बस्दा आँखामा समस्या हुनसक्छ र अनुहारको छाला पनि बिग्रनसक्छ । त्यसो भए घाममा बस्ने सही समय कुन हो रु
विशेषज्ञका अनुसार जाडोको मौसममा घाममा बस्ने सही समय बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्मको हुन्छ । किनकि यस समयमा घाममा हुने नीलो किरणहरू हुन्छन्, जसले सिधै तपाईंको शरीरमा प्रभाव पार्छ र भिटामिन–डी को कमीलाई हटाउने पनि यही सही समय हो ।
धेरै व्यक्तिहरू घाममा पूरा कपडा लगाएर बस्छन् । जस्तै( स्वेटर ज्याकेट र टोपी पनि । यसले तपाईंलाई घामले धेरै पोल्नबाट बचाउन सक्छ तर, भिटामिन–डी को कमीलाई हटाउन यो तरिका सही होइन ।
यदि तपाईं सूर्यको किरणहरू र घामबाट शरीरमा ऊर्जा, भिटामिन डी र हड्डीहरू बलियो होस् भन्ने चाहनुहुन्छ भने यसको लागि कम कपडा लगाएर घाममा बस्नुपर्छ ।
यदि दैनिक घाममा दुई घण्टा कम कपडा लगाएर बस्नुहुन्छ भने तपाईं स्वस्थ रहनुहुनेछ र हड्डीहरू बलियो रहनेछन् ।































प्रतिक्रिया