Close sidebar

जेष्ठ नागरिक क्लवद्धारा २० जनालाई सम्मानित

नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ स्थित जेष्ठ नागरिक क्लवले क्लवमा आवद्ध आजीवन सदस्यहरुलाई सम्मान गरेको छ । क्लवका अध्यक्ष रामकृष्ण ठाकुरको अध्यक्षतामा मंगलवार भएको कार्यक्रममा ६० वर्षदेखि ८८ वर्षसम्मका २० जना आजिवन सदस्यहरुलाई सम्मानित गरिएको क्लवका कोषाध्यक्ष खड्क बहादुर गोसाइले जानकारी दिए । क्लवमा २० महिलासहित ५० जना आवद्ध रहेको पनि उनले बताए ।
दुई तीन वर्ष अघिनै जेष्ठ नागरिकहरु संगिठत भएका थिए । तर वडामा क्लवनै दर्ता भएको चालू आर्थिक वर्षमा मात्रै हो । जेष्ठ नागरिक सुशीला कार्कीले क्लवलाई अव क्रियाशील बनाउनुपर्ने बताइन् । उनले क्लवप्रति जेष्ठ नागरिकहरुको भरोसा बढ्दै गएकाले आवद्धता हुनेको संख्या पनि बढ्दै गएको उल्लेख गरिन् । उनले स्थानीय सरकारले जेष्ठ नागरिकका लागि भवन बनाइदिनुपर्नेमा जोड समेत दिइन् ।
अहिले क्लव भाडाको घरबाट संचालीत रहेको छ । स्थानीय सरकारले जेष्ठ नागरिकहरुलाई अहिलेसम्म खासै सहयोग नगरेको गुनासो उनीहरुको छ । उमेर ढल्कदै गएपछि जेष्ठ नागरिकहरु परिवारबाट एक्लिने गरेका छन् । यस्तो अवस्थामा उनीहरु एक आपसमा भलाकुसारी गर्ने र सुखदुख साटासाट गर्न चाहान्छन् ।
त्यसैले स्थानीय सरकारले जेष्ठ नागरिकहरुका लागि भवन बनाइदिने र उनीहरुलाई रामरमाइलो गर्नका लागि भजनकृतन, नाँचगान लगायतका कार्यक्रमका निमित्त सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...