Close sidebar

मानव बेचबिखनका घटना बढ्दो

मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।

मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्य ४०७ जना फेला परेको जानकारी दिनुभयो ।

Advertisement

माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक कोइरालाले भन्नुभयो, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवतीको समेत उद्दार गरिएको छ । उनी इन्स्टाग्राममा चिनजान भई त्यसतर्फ जान लागेको माइती नेपालले जनाएको छ ।

माइती नेपालका अनुसार सन् २००२ यता नौ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेकोमा दुई हजार ३२३ जना मात्रै फेला परेका छन् ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्यस्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकाको सीमाबाट उद्दार,पारिवारिक पूनर्मिलन,श्रम तथा यौन शोषणमा परेकाको उद्दार लगायतका काम गर्दै आएको जनाएको छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...