Close sidebar

टाेल-टाेलमा कमिटी निर्माण गर्दै एमाले बाँके

नेपालगन्ज । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे ।

‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम गर्ने छ । निर्वाचन मुख्य प्राथमिकता त हाे नै संधैभरि पार्टी जीवनलाई जीवन्त बनाइराख्न लागिपरेका छाैं ।’ अध्यक्ष गुरुङले पार्टी गतिविधि जनस्तरमा क्रियाशिल बनाउन सबै कमिटीलाई निर्देशन दिएको बताउनुभयाे ।

Advertisement

टाेल कमिटी गठनकै अभियान अन्तरगत शनिबार बिहानै नेकपा एमाले राप्तीसोनारी गाउँपालिका वडा न. ७ का विभिन्न टोल कमिटी गठन भएको छ । केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य सुर्य ढकाल,अध्यक्ष गुरुङ सहितका नेताकाे उपस्थितिमा विभिन्न टाेल कमिटी गठन भएको हाे ।

कार्यक्रम बाेल्दै प्रतिनिधिसभा सदस्य ढकालले टाेल कमिटी गठनका क्रममा पार्टीप्रति देखिएको आकर्षकले उत्साहित बनाएको उल्लेख गर्दै केही बिरोधिका अफवाहका पछि नलाग्न अनुरोध गर्नुभयाे ।
‘ एमाले जनताकाे पार्टी हाे भन्ने कुरा गाउँटाेलमा गएपछि थाहा हुन्छ’ ढकालले भन्नुभयाे,-‘जनतामा कहिले पनि नपुगेकालाई त्याे थाहा नहुन सक्छ ।’

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

माेर्चा संगठन प्रमुख समेत रहनुभएका उपसचिव किशाेर थापाले संगठनहरुलाई जिबन्त बनाइराख्न बिभिन्न कार्यक्रम भइरहेकाे बताउनुभयाे । पार्टीसंगै जनसंगठनका गतिविधि चलायमान बनाइएको उल्लेख गर्नुभयाे ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...