Close sidebar

क्षेत्र नंं.१ मा एमालेको उत्साहजनक संगठन बिस्तार गरिरहेका छाैं : कुश्माखर बस्याल

नेपालगन्ज । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ ले संगठन विस्तारलाई तिब्रता दिएको छ । टाेल-टाेलमा नयाँ कमिटी गठनदेखि प्रशिक्षण कार्यकार्यक्रम नियमित भइरहेकाे क्षेत्रीय अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनुभयाे ।

‘हामीले लगभग धेरैवटा वडामा टाेल कमिटी गठन गरिसकेका छाै,केही वडामा गर्दैछाै ।’ अध्यक्ष बस्यालले भन्नुभयो,-‘ मंसिर १ मा तीस वडामा एकैपटक प्रशिक्षण गरेका थियौं ।’

Advertisement

अध्यक्ष बस्यालका अनुसार,संगठन बिस्तारका क्रममा सर्वासाधारणहरु पार्टीमा जाेडिने क्रम बढेकाे छ । पार्टीप्रतिकाे उत्साह बढेकाे अध्यक्ष बस्यालले बताउनुभयो । एमालेले क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा निर्वाचन जितेकाे छ । साे क्षेत्रका सांसद सुर्य ढकाल विकास निर्माणसंगै जनताका काममा नियमित सक्रिय भएर लागिरहनुभएको छ । त्यसक्षेका ईन्चार्ज समेत रहनुभएका ढकालले गएको निर्वाचनकाे जनमत अझ उत्साहजनक बढेकाे बताउनुभयाे ।

क्षेत्र नम्बर १ सहित संगठन बिस्तारलाई जिल्लाभर तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

माेर्चा संगठन प्रमुख समेत रहनुभएका उपसचिव किशाेर थापाले संगठनहरुलाई जिबन्त बनाइराख्न बिभिन्न कार्यक्रम भइरहेकाे बताउनुभयाे । पार्टीसंगै जनसंगठनका गतिविधि चलायमान बनाइएको प्रचार विभाग प्रमुख निर्मला सुनारले बताउनुभयो ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...