Close sidebar

राप्तीसोनारीको १६ औं गाउँसभा करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित

बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६ औं गाउँसभा आइतवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप निर्माण गरिएका करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित गरेको गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए । उनका अनुसार ८ वटा कार्यविधि, १ वटा नीति, १ वटा मापदण्ड र १ वटा ऐन गाउँसभामा पेश भएका थिए । ती सबै ऐन, कार्यविधि र मापदण्ड पारित भएको प्रवक्ता खड्काले बताए । गाउँ प्रहरी (व्यवस्थापन तथा संचालन) सम्वन्धी कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको शिक्षक तथा कर्मचारी छनौट कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको भू उपयोग मापदण्ड, राप्तीसोनारी आधारभूत अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि पारित भएको छ । त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी नीति, राप्तीसोनारी गाउँपालिका क्षेत्रको नीजि जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिज जन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग) विक्री वितरण सम्वन्धी मापदण्ड र राप्तीसोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन सहित पारित भएको छ । त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको बालविवाह मुक्त अभियान संचालन कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालश्रम मुक्त घोषणा कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि र राप्तीसोनारी गाउँपालिकाको बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि पनि पारित भएको छ । गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विषयगत समितिका संयोजकहरुले चालु आर्थिक वर्षको मध्यवधी प्रगति विवरण पेश गरेका थिए ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...