Close sidebar

एमाले बाँकेमा जनसंगठनलाई सक्रिय बनाइदै,‘रिपोर्ट कार्ड’ अनिवार्य पेश गर्न निर्देशन

नेपालगन्ज । नेकपा एमाले बाँकेले जनवर्गीय संगठनसंग ‘रिपोर्ट कार्ड’ मागेकाे छ । जनसंगठनका गतिविधि  क्रियाशिल बनाउन अनिवार्यरुपमा प्रतिवेदन लिखितरुपमै मागिएको जनसंगठन समन्वय संयन्त्र बिभाग प्रमुख किशाेर थापाले बताउनुभयाे ।

एमालेमा २३ वटा जनसंगठनहरु छन् । त्यसकाे परिचालन  जनसंगठन समन्वय संयन्त्र बिभाग
विभागले गर्ने गर्छ । त्यसकाे प्रमुखमा उपसचिव थापाले जिम्मेवारी सम्हालेसंगै जनसंगठनका गतिविधि सक्रिय बनाइएको छ ।

Advertisement

‘पार्टी जीवनमा जनसंगठनकाे भुमिका असाध्यै महत्त्वपूर्ण छ । त्यसैले उनीहरु चुस्तदुरुस्त हुनुपर्छ भनेरै उहाँहरुसंग लिखितरुपमै रिपोर्ट मागेका छाैं ।’- थापाले भन्नुभयो ।

जनसंगठन समन्वय संयन्त्र बिभागले जनसंगठनसंग  हालसम्म भएको काम प्रगति प्रतिवेदन,सांगठनिक अवस्था, वार्षिक कार्ययाेजना,सदस्य सुचि मागेकाे छ । यसरी मागिएको प्रतिवेदनले अभिलेख चुस्तदुरुस्त राख्न समेत सहयाेग पुर्‍याउने थापाकाे भनाइ छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

उहाँले भन्नुभयाे,-‘हालसम्म केहीले बुझाईसक्नु भएको छ । बाँकीले पनि बुझाइरहनुभएको छ ।’

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...