Close sidebar

५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस

नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी रहने भएको छ ।

‘५ औं क्यान इन्फोटेक २०२५’ को एजुकेसन पार्टनरको लागी क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बीच सम्झौता समेत भैसकेको छ ।

Advertisement

नेपालगन्ज क्याम्पस चिफ निशान शाक्य क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशी बीच क्यान इन्फोटेक २०२५ को सहकार्यको लागी सम्झौता भएको हो ।

जिल्लामा हुने आइटी सम्बन्धी गतिविधि बढाउन र नेपालगन्ज र वरपरको क्षेत्रका डिजिटल प्रवर्द्धन र प्रविधिको विकासका लागि ५ औं क्यान इन्फोटेक २०२५ को सहकार्य होस भन्ने ध्ययले क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको सहकार्य भएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

आइटी क्षेत्रको बिकासको लागी हाम्रो नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी क्यान बाँकेसंगको सहकार्यमा क्यान इन्फोटेकमा जोडिएका छौ जसले प्रविधिको बिकासमा थोरै भएपनी योगदान हुनेमा बिश्वस्त रहेको क्याम्पस चिफ निशान शाक्यले बताए ।

नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन लिएर बिएस्सी सिएसआइटी र बिसिएका कोर्सहरु संचालन गरिरहेको छ ।

Advertisement

नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुन लागेको हो ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...