Close sidebar

बाँकेमा चरा गणना सुरु

बाँकेमा शनिबारबाट चरा गणना सुरु गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना कार्य सुरु गरिएको हो। बाँकेमा यो सहित तेस्रो पटक चरा गणना गरिएको छ।

विगत तीन वर्ष देखी हरेक हिउँदे सिजनमा चरा गणना गरिँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना सुरु गरिएको उनले सुनाए।

Advertisement

चरा विज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मी लगायतको टोली शनिबारदेखी राप्ती नदीमा परिचालित भएको छ। गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएको चौधरीले जानकारी दिए। उक्त टोलीले बाँकेमा रहँदा राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलाशयमा पुगेर चरा गणना गर्नेछ।

चराविद् राम शाहीले पछिल्लो समयमा चराको वासस्थान लोप हुँदै गइरहेको बताएका छन्। नदी, सिमसार क्षेत्र तथा जलाशयमा मानवबाट हुने गतिविधिले गर्दा चराको वासस्थान लोप हुन पुगेको उनको भनाई छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बाँकेका नदी, सिमसार क्षेत्र तथा जलाशयमा आगन्तुक चराको समेत वासस्थान रहेको चराविद् शाही बताउँछन्। चराको वासस्थान क्षेत्रमा भइरहेका निर्माण कार्य, जथाभाबी रुपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवत्–जावत्‌का कारण चराको वासस्थान लोप भएर संख्या घट्दो क्रममा रहेको विज्ञहरू बताउँछन्।

गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगन्जस्थित कान्ति ताल, बाँकेको बैजनाथमा रहेको सुतैया ताल, बाँके र बर्दियाको सिमाक्षेत्र मानखोला लगायत स्थानमा पुग्ने भएको छ। नेपालगन्जस्थित कान्ति तालमा संरक्षित पंक्षी सारशको समेत वासस्थान रहेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...