कोहलपुर ७ का विशाल घर्ती लाई सबै ले सहयोग गरौं !
नेपालगन्ज ः कोहलपुर नगरपालिका वडा नं. ७ जोगिडाँडाका २६ बर्षका बिशाल घर्तिलाई ३ महिना अगाडी निमोनियाले ग्रसित बनायो । केही महिना अगाडी विशालले राम्रै कमाईका साथ जिवन विताईरहनुभएको थियो । पछिल्लो ३ महिना यता उहाँलाई निमोनियाले थला प¥यो । भारतमा काम गर्दै आएका विशाल भारतमै विरामी भएपछि उपचारमा सघाउने कोही भएनन् । भारतमा काम गर्दै आएका विशालको कलिला दुई छोराछोरी छन् । ३ महिनादेखि उहाँको उपचारमा धेरै पैसा सकियो । भारतका विभिन्न ठुलठुल्ला अस्पताल लगायत नेपालका विर र भेरी अस्पताल नेपालगन्जमा समेत उपचार भयो तर उहाँको अझै निमोनिया सन्चो भएन । विर अस्पतालमा उपचार गराउदा गराउदै पैसा सकियो कतै उपाय लागेन पुन घर ल्याएर सामान्य उपचार गर्दै आएको बिशालका श्रीमति दुर्गा घर्तिमगरले भन्नुभयो । पैसाका कारण अहिले बिशाल घरमै अक्सिजन लिदै छटपटाई रहनुभएको छ ।
भारतमा काम गर्दागर्दै उहाँ एक्कासी थला परेपछि हरेकसंग राम्रो उपचारको लागि सल्लाह सुझाव लिदै आएका थियो । जसले जहाँ राम्रो ठाउँ भन्थे त्यही ठाउँ लगेर उपचार गरिउ । भएको पैसा सकियो उहाँको श्रीमति दुर्गा घर्तिमगरले भन्नुभयो । भएको ३÷४ लाख रुपैया भारतमै सकियो । नेपालमा हरेक चोटी चेकजाँच गरेको उत्तिकै खर्च लाग्ने गरेको छ श्रीमति घर्तिमगरले भन्नुभयो गरिवको मुखमा यस्तो आपत्ति लागेपछि राम्रो उपचारबाट श्रीमानलाई बञ्चित गराएको महसुस भैरहेको बताउनुहुन्छ । सुखमा त जसले पनि साथ दिदो रहेछ भैपर्दा आफन्त पनि टाढा हुने गर्दौरहेछन श्रीमति घर्तिमगरले भन्नुभयो ।
देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले जति सके सक्दो सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ । भएको सम्पत्तिले पुगेन अव जति सके सहयोग गरि मेरो श्रीमानलाई बचाई दिन उहाँले आग्रह गर्नुभयो । घरको सम्पत्तिले उपचार खर्च गर्न नपुगेपछि स्थानिय गाउँ टोलकै आफन्तहरुले सहयोग उठाउदै आएका छन् । राप्तीसोनारी ८ का अबिनास पुनले आफ्नो फेसबुकमा साथीभाईहरुसंग सहयोगको अपिल गर्दा उहाँको साथीहरुबाट ५३ हजार ५ सय रुपैया सहयोग जुटेको थियो सो रकम आइतवार उहाँकै हातमा उहाँले उपलब्ध गराउनुभयो । फेसबुकका साथीहरुले बिशाल र उहाँको घरको दर्दनाक अवस्था देखेर सहयोग गरेको बताएका छन् । यस्तो खाईलाग्दो उमेरमा विशालको स्थिति दर्दनाक अवस्थामा पुग्दा उपचार गर्न मन लाग्यो राप्तीसोनारी ८ का अबिनासले भन्नुभयो । यस्तै विशालको गाउँका साथीभाईहरुबाट आइतवार २२ हजार २ सय ९० सहयोग प्राप्त भएको विशालका काका नरबहादुर डाँगीले भन्नुभयो । अझै उहाँलाई मनकारी हातको खाँचो छ विशालका काकाले भन्नुभयो । उपचार गराउन जाँदा दैनिक कति खर्च हुन्छ भन्ने यकिन हुदैन तसर्थ उहाँको जिवन रक्षाका लागि सहयोगको अपिल छ । श्रीमति भावुक हुदै भन्नुभयो मेरो श्रीमानलाई बचाउन मनकारी हातहरुको खाँचो छ श्रीमानको बाँच्ने बातावरण बनाउन उहाँले हरेक संघसंस्था, स्थानिय सरकार, व्यक्ति, समुह, क्लवलाई आग्रह गर्नुभएको छ । यति बेला मनकारी हातको खाँचो छ उहाँले भन्नुभयो १ रुपैया पनि यतिवेला अमुल्य भएको हुनाले सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । पिडित विशाललाई निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ । कोहलपुर नगरपालिका वडा नं. ७ जोगिडाँडा । उहाँको सम्पर्क मोबाईल नं. ९८४८०५४१३५, ९७०६९६२६०९ यदि उहाँलाईं देश विदेशबाट पनि सहयोग गर्न चाहने व्यक्ति वा संघसंस्थाका लागि उहाँको काका नरबहादुर डाँगीको नाममा रहेको कुमारी बैंकमा रहेको खाता नं. २२२०२११४८९८००००१ जम्मा गरि सहयोग गर्न सकिने छ ।































प्रतिक्रिया