Close sidebar

५ औं क्यान इन्फोटेक २०२५ को सह-प्रायोजकमा ‘डिजिटल पालिका’

नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजी स्क्रिन ५ औं क्यान इन्फोटेक २०२५ को सह-प्रायोजकमा (एसोसिएट पार्टनर) ‘डिजिटल पालिका’ जोडिएको छ ।

माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने आईएनजी स्क्रिन ५ औं क्यान इन्फोटेक २०२५ को सहप्रायोजक (एसोसिएट पार्टनर) को रुपमा निन्जा इन्फोसिसको ‘डिजिटल पालिका’ जोडिएको हो ।

Advertisement

निन्जा इन्फोसिस प्राली नेपालगन्जका आइटी इन्जिनियरहरुको टिमले स्थापना गरेको आइटी कम्पनी हो, जसले स्थानीय तहलाई डिजिटलाइज गर्ने उदेश्यले एकिकृत मोबाइल एपसहितको प्रणाली ‘डिजिटल पालिका’ निर्माण गरेको हो ।

क्यान बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिन रहेको क्यान महासंघ बाँकेले यस अगाडी नै घोषणा गरिसकेको छ भने एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस र अब्रोड स्टडी पार्ट्नरमा अल्फा बिटाको सहकार्यको रहने छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सञ्चार तथा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन तथा प्रत्यक्ष सहभागिता रहने क्यान महासंघ बाँकेले जनाएको छ ।

प्रर्दशनीमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्नेछन् ।

Advertisement

प्रादेशिक महोत्सव परिसरमा आयोजना हुने ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशिले बताएका छन् ।

क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी सबै प्रकारका सेवा र जानकारीसहितका स्टल रहने र नेपालगञ्ज र वरपर डिजिटल प्रवर्द्धन र प्रविधिको विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको क्यान महासंघ बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् । 

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...