Close sidebar

खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामा उत्कृष्ट

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका ८ स्थानीय तहमा उत्कृष्ट पालिका भएको छ ।

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०-८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका भएको छ ।

Advertisement

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् । भने नेपालगन्ज उपमहानगरपालिकाले ८२ अंक ल्याएको छ ।

त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले ७३ अंक कार्यसम्पादन मुल्यांकनमा पाएका छन् ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको छ ।

खजुरा गाउँपालिकाले गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५०, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५,  सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य तथा समन्वयमा ५.५० अङ्क ल्याएको छ । 

Advertisement

खजुरा गाउँ गाउँपालिका जिल्लामा उत्कृष्ट पालिकामा पर्न सफल हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफानले बताउनुभयो ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...