Close sidebar

प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।

शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् ।

Advertisement

बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिष्कार नगर्ने बताए ।

सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने जिकिर उनले बताए ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

आफूहरू संसदमा आन्दोलनमै भए पनि कतिपय कामहरू ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी निरन्तर संसदमा आन्दोलनमै छौँ । तर कतिपय गर्नुपर्ने कामहरूमा हामीले ख्याल पनि गरेका छौँ । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले आसन्न उहाँको विदेश भ्रमणको बारेमा चर्चा गर्न खोज्नुभएको होला,’ परियारले भने, ‘त्यो उहाँको कुरा हो । सदनमा बोल्न पाउने उहाँको अग्राधिकार रहन्छ समय मागेपछि उहाँले बोल्नुहोला ।’

Advertisement

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...