Close sidebar

प्रहरी कार्यालयकै कम्पाउन्डबाट दिउँसै मोटरसाइकल चोरी

कोहलपुर (बाँके) । इलाका प्रहरी कार्यालय कोहलपुर कै कम्पाउन्डबाट दिउँसै मोटरसाइकल चोरी भएको छ ।

प्रहरी कार्यालयमै काम विशेषले प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका १३ का सुरज यादवको मोटरसाइकल शुक्रबार दिउँसो चोरी भएको हो । यादव दिउँसो १२ बजेतिर कार्यालय पुगेका थिए । काम सकेर फर्किँदै गर्दा पार्किङमा राखिएको आफ्नै मोटरसाइकल हराएको उनले बताएका छन् ।

Advertisement

उनको भे ११ प ९६७८ नम्बरको बजाज कम्पनीको १५० सि.सि. क्षमताको कालो–रातो रंगको पल्सर मोटरसाइकल कार्यालय परिसरबाटै हराएको हो । यादवले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गरी सिसिटिभी फुटेज हेरेर खोजतलास गर्न आग्रह गरेका छन् ।
सामान्यतया सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिने प्रहरी कार्यालय परिसरभित्रै मोटरसाइकल चोरी हुनु आपत्तिजनक घटना भएको स्थानीयले बताएका छन् । घटनाबारे इलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...