Close sidebar

एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर  उत्पन्न राजनीतिक  समस्याकाे समाधान गर्न माग गरेकाे छ ।
नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ ।

अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते ‘जेन-जी’ द्वारा गरिएको आन्दोलनमा काठमाडौंमा ज्यान गुमाउनुहुने नेपालगन्ज-१ धम्बाेझीका सुलभ श्रेष्ठ र आयुष थापा लगायत मृतकप्रति नेकपा एमाले जिल्ला कमिटी बाँके हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Advertisement

बिज्ञप्ति मार्फत सामाजिक संजालको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध लक्षित गरी परिवर्तनको माध्यमबाट देश बिकास गर्ने उदेश्य राखि शुरु गरिएको भनिएको आन्दोलनबाट प्रधानमन्त्रीको राजीनामा पश्चात पनि सिंहदरवार लगायत,पार्टी कार्यालय, सार्वजनिक र नीजि सम्पत्तिमाथि अकल्पनिय क्षति पराउनु र पार्टीका सम्मानित नेताहरुमाथि अमानवीय व्यवहार र भौतिक आक्रमण गरि घाइते बनाउनु निन्दनीय भएको ठहर गरिएको छ ।  आजको समस्याको समाधान २०७२ को संविधानको परिधिभित्र रही वार्ताबाट खोज्न माग गरिएको अध्यक्ष गुरुङकाे बिज्ञप्तिमा उल्लेख छ

‘जनसमुदायहरु संयमित भइ आन्दोलन पछि निर्माणको चरण आरम्भ हुन्छ । अतः अब सार्वजनिक र नीजि सम्पत्ति क्षति हुन नदिने वातावरण सिर्जना गर्न सबैमा हार्दिक अपिल गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ,’ नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव छ । लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा हामी दृढ विश्वास गर्दछौं ।’

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...