Close sidebar

वडा कार्यलय पुन सुचारु गर्न युवा व्यवसायी त्रिलोक धितालद्वारा वायरीङ तथा फर्निचर सहयोग

कोहलपुर, बाँके । हालै देशभर भड्किएको जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालय र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी हुँदा कोहलपुर नगरपालिका वडा नं. ११ को कार्यालय पनि पूर्ण रूपमा क्षति भएको छ । कार्यालय ध्वस्त भई तत्काल सेवा विस्तारमा कठिनाइ आइपरेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय युवा व्यवसायी तथा Central Nepal Engineering and Construction प्रा .लीका डाइरेक्टर त्रिलोक धितालले कार्यालय पुनः सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको छ ।
धितालले वडाको कार्यकक्षका लागि एक कम्प्युटर टेबल, १२ मिटर कार्पेट, एक थान रिभल्भिङ कुर्सी, ६ थान प्लास्टिक कुर्सी र २ रोल बिजुली तार प्रदान गर्नुभएको हो ।
वि.सं. २०८२ भदौ २३ र २४ गते दुई दिनसम्म चलेको आन्दोलनको क्रममा वडा नं. ११ को सम्पूर्ण संरचना जलेर नष्ट भएपछि कार्यालय पूर्ण रूपमा अव्यवस्थित भएको थियो । “वडाको अवस्था दयनीय देखेर सेवा छिटो सञ्चालनमा ल्याउन सहयोग गरेको हुँ,” धितालले बताउनुभयो । उहाँले कोहलपुर नगरपालिकाका वडा नं. ८, ९ र ११ मा पनि सहयोग गर्ने योजना समेत रहेको जानकारी दिनुभयो ।
यसअघि वडामा सरसफाइ कार्य सम्पन्न भएको र अब कार्यालय सञ्चालनमा ल्याउन तयारी भइरहेको वडा अध्यक्ष कल्पना शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई–चार दिनमै वडाबाट नियमित सेवा प्रवाह सुरु गर्ने अपेक्षा गरेका छौँ । सहयोगका लागि अरु व्यवसायी, संस्था वा व्यक्तिहरूलाई पनि भौतिक वा आर्थिक सहयोग गर्न अपिल गरिरहेको छु ।”

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...