Close sidebar

कोहलपुर राजस्व अनुसन्धान कार्यालय लुटपाट प्रकरण : लाखौँको नगद र सुनचाँदी फिर्ता

बाँके —गत २०८२ भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा Gen-Z प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुनचाँदी फेला परेको छ।
जिल्ला बाँके, कोहलपुर–१ बस्ने ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरूको पहलमा स्थानीय समाजसेवी तथा जनप्रतिनिधिको सक्रियतामा उक्त सामानहरू फिर्ता गरिएका हुन्। सो सम्पत्ति भदौ ३० गते साँझ ८:०० बजे इलाका प्रहरी कार्यालय (इ.प्र.का.) कोहलपुरमा ल्याई बुझाइएको प्रहरीले जनाएको छ।
बुझाइएका सामानहरू यस प्रकार छन्:
• नगद नेपाली रुपैयाँ १,१७,६५० (एक लाख सत्र हजार छ सय पचास)
• भारतीय रुपैयाँ ८४,३६०, जसको नेपाली मूल्य १,३४,९७६
जम्मा नगद: रू. २,५२,६२६ (दुई लाख बाउन्न हजार छ सय छब्बिस)
• सुन: ४२१.३२ ग्राम
• चाँदी: ९ किलो ९८४ ग्राम
उक्त सम्पत्ति बुझ्ने कार्य राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका शाखा अधिकृत खडक प्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी सम्पन्न गरिएको छ।
हाल सो नगद, सुन र चाँदी इ.प्र.का. कोहलपुरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...