Close sidebar

‘एक गास काटेर पार्टीको गौरव पुनःनिर्माण’ : एमाले बाँके क्षेत्र नं. १ का नेता–कार्यकर्ताबाट १० लाख सहयोग

बाँके ।
नेकपा (एमाले) बाँकेको धोस्त भएको पार्टी कार्यालय पुनर्निर्माणका लागि बाँके क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताले उल्लेखनीय सहयोग गरेका छन्। ‘आफ्नो एक गास काटेर, पार्टीको गौरव पुनःनिर्माण गरौं’ भन्ने अभियानअन्तर्गत संकलन गरिएको रु. १० लाख (दस लाख) बराबरको सहयोग रकम पार्टीलाई हस्तान्तरण गरिएको हो।

क्षेत्र नं. १ का संयोजक कुस्माखर बश्यालको संयोजनमा सुरु गरिएको उक्त अभियानमा धेरैजसो कार्यकर्ताले आफ्नो बृद्धभत्ता, पशुपालनबाट प्राप्त आम्दानी, र व्यक्तिगत स्रोतहरूबाट रकम संकलन गरी सहयोग गरेका छन्। बश्यालका अनुसार अझै केही रकम संकलन प्रक्रियामा रहेको र केही दिनभित्र नै थप रकम पनि बुझाइनेछ।

Advertisement

‘हामीले कसैले आफ्नो बृद्धभत्ता बुझेर, कसैले खसी–बाख्रा बेचेर, कसैले आफ्नो पसिनाको पैसा बचाएर पार्टी कार्यालय बनाउन योगदान दिएका हौँ,’ संयोजक बश्यालले भने, ‘यो हाम्रो विचार र प्रतिबद्धताको प्रतीक हो।’

धोस्त भएको एमाले बाँकेको पार्टी कार्यालय पुनर्निर्माणका लागि स्थानीय स्तरदेखि क्षेत्रीय नेतासम्मले आफूले सक्दो सहयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
पार्टीभित्र यस अभियानलाई **‘संगठनप्रतिको निष्ठा र अनुशासनको नयाँ उदाहरण’**का रूपमा लिइएको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बश्यालले क्षेत्र नं. १ का सबै नेता–कार्यकर्ता, सदस्यहरूलाई धन्यवाद दिंदै भने, ‘यो सहयोग हाम्रो संगठनको आत्मा हो। हामीले सामूहिक प्रयास र समर्पणबाट पार्टीको गौरव फर्काउँदैछौं।’
अभियानअन्तर्गत संकलित रकमको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको संयोजक बश्यालले बताएका छन्।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...