Close sidebar

नेपालगन्ज बसपार्कबाट पेस्तोल र गोली बरामद, एक जना पक्राउ

बाँके जिल्लामा पछिल्लो समय कडाइका साथ भइरहेको सुरक्षा चेकजाँचको क्रममा नेपालगञ्ज २ बसपार्क क्षेत्रबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गस्ती टोलीले एउटा पेस्तोलसँगै म्याग्जिन र दुई राउन्ड गोली फेला पारेको हो।
पेस्तोल कसले ल्याएको वा प्रयोग गरेको हो भन्नेबारे यकिन विवरण नआए पनि शंका लागेका आधारमा बसपार्क क्षेत्रमै एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको हातहतियारसम्बन्धी थप अनुसन्धान अघि बढाइएको पातलीले जानकारी दिनुभयो।
पछिल्लो समय नेपाल–भारत सीमा नाका तथा जिल्लाभरिका शंकास्पद स्थानहरूमा निगरानी कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अवैध आयात, लागुऔषध नियन्त्रण तथा अवैध हातहतियार नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी गराउनुभयो।
आगामी निर्वाचनलाई शान्तिपूर्ण तथा सुरक्षात्मक वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीस्वरूप सुरक्षा व्यवस्था देशभर कडा पारिएको पनि प्रहरीले जनाएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...