Close sidebar

हुलाककाे बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया सम्पन्न

जिल्ला हुलाक कार्यालय बाँकेले बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम मंसिर २२ गते कोहलपुर नगरपालिकाको सभा हलमा सम्पन्न गरेको छ। कार्यक्रममा कोहलपुरमा रहेका बैंक, लघुवित्त, सहकारी, विभिन्न सरकारी कार्यालय तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रम जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्र प्रकाश थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथि थिए । त्यस्तै शिक्षा शाखा प्रमुख रविलाल मिजार, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख अन्तिम सिंजाली, NTV कोहलपुर–बाँकेका कार्यालय प्रमुख निराजन खनाललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन हुलाकमा कार्यरत खरिदार साधुराम चौधरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नायब सुब्बा शान्ता शाही सिंहले प्रस्तुत गरेका थिए । हुलाक सेवासम्बन्धी विस्तृत जानकारी खरिदार रामबहादुर चौधरीले प्रस्तुत गरेका थिए ।
प्रस्तुतिमा हुलाकले प्रदान गर्ने सेवाहरू, सेवा उपयोग गर्दा देखिने समस्या, समाधानका उपाय, सेवाग्राहीका दायित्व, बदलिँदो परिवेशमा हुलाकले अन्य निकायसँग कसरी प्रतिस्पर्धा गरिरहेको छ भन्ने विषयहरू समेटिएका थिए।
छलफलका मुख्य बिषय
अन्तरक्रियाका दौरान बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले नेपाल सरकारबाट जारी ‘चिठ्ठी–पत्र हुलाकमार्फत नै पठाउने’ परिपत्र प्रभावकारी रूपमा लागू भए हुलाक सेवाको प्रयोग बढ्ने धारणा राखे। कतिपयले कुरियर सेवाजस्तो छिटो र विश्वसनीयता नदेखिएको कारण हुलाकबाट सेवा लिन हिच्किचिएको भए पनि, आधुनिक सूचना–प्रविधिमा आधारित हुलाक सेवा विस्तारबारे आजको कार्यक्रममा विस्तृत जानकारी पाएपछि आगामी दिनमा ऋणीको चिठ्ठी बाहेकका अन्य पत्राचार पनि हुलाकबाट गर्ने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा सहभागीहरुले हुलाक सेवा अझ प्रभावकारी बनाउन वस्तु दर्ता भएपछि प्रेषकलाई दर्ता जानकारी र डेलिभरीपछि प्रेषक तथा प्राप्तकर्ता दुवैलाई एसएमएस मार्फत सूचनाप्रदान गर्ने प्रणाली तत्काल लागू गर्न सुझाव दिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष हुलाक अधिकृत गजेन्द्र प्रकाश थारुले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै हुलाक सेवा सुधारका लागि कार्यालयले आवश्यक सबै पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै कार्यक्रममा उठाइएका सुझावहरू केन्द्रिय कार्यालयमा पठाई सेवा प्रवाह अझ प्रभावकारी बनाउन योगदान गर्ने बताउँदै सबै सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...