Close sidebar

जुम्लाकी मेनका पछाइको एमाले केन्द्रिय सदस्यमा सशक्त उम्मेदवारी

नेतृ मेनका पछाइले नेकपा एमालेको कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएकी छन् । यहि मंसिर २७ गते बाट काठमाण्डौमा शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा पछाइले कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।
कर्णाली प्रदेशको जुम्लामा जन्मे, हुर्के बढेकी पछाइ १५, १६ बर्षको उमेर देखि नै एमालेको विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन् । निकै सरल र सहयोगी स्वभावकी पछाइले आसन्न ११ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा आफ्नो सशक्त उम्मेद्वारी रहने बताइन् ।
त्यसो त एमाले नेतृ पछाइले थुप्रै आरोह अवरोह पार गर्दै एमालेको भातृसंगठन अनेरास्ववियूको केन्द्रिय तहको राजनीति देखि एमाले पार्टीको प्रदेश तहमा बसेर काम गरिसकेकी छन् ।
अनेरास्ववियूको केन्द्रिय कमिटीमा मात्रै उनले तीन कार्यकाल काम गरिसकेकी छन् । नेतृ पछाइ अनेरास्ववियुको क्याम्पस कमिटी हुँदै दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल केन्द्रीय सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख रहेर काम गरिसकेकी छन् ।
त्यति मात्र होइन उनी एमाले जुम्ला जिल्ला कमिटी निर्वाचित सदस्य तथा प्रचार विभाग प्रमुख र त्यसपछी पहिलो प्रदेश कमीटी संरचना हुंदा देखी दुई कार्यकाल एमाले कर्णाली प्रदेश कमीटी सदस्य भइसकेकी छन् ।
विद्यार्थीकाल देखि अहिलेसम्म पछाइले आफ्नो जीवन पार्टीमा नै लगाएकी छन् । ‘एक त म कर्णाली जस्तो विकट भुगोलबाट प्रतीनीधीत्व गरेर लामो समय केन्द्रीय विद्यार्थी राजनीतिमा सक्रिय भएका कारण देशभरीमा एउटा सर्कल बनेको छ । राजनीतिक हीसावले वहाँहरुले मलाई बुझ्नुहुन्छ । अर्को कुरा मेरा धेरै समकालीन साथीहरु मध्ये पार्टीमा अवसर नपाउनेमा म पर्छु त्यसैले त्यो कुरा पनि आम प्रतिनिधि कम्रेडहरुले बुझिदिनु हुने छ भन्नेमा विश्वस्त छु ।’ नेतृ पछाइले भनिन् ।
नेकपा एमाले अरु पार्टीको तुलनामा युवामैत्री पार्टी रहेको पछाइको भनाइ छ । उनले आफ्ना समकालीन धेरै युवा साथीहरु पनि हालको केन्द्रीय कमीटीमा रहेको उल्लेख गर्दै आजको युग र अहिलेको पुस्ताको चाहानालाई संवोधन गर्नका लागी पनी युवाहरुको निर्णायक उपस्थिति हुनु पर्ने तर्क राखिन् ।
नेतृ पछाइले जुम्ला जिल्ला तथा कर्णाली प्रदेशबाट विभिन्न कामले काठमाण्डौ आउने जनतालाई पुलको काम मात्र गरिनन् सहयोग पनि गर्दै आएकी छन् । ‘म नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागी सबै क्राईट एरीया मीट गर्छु, मैलै १५, १६ बर्षको उमेर देखी विद्याथी राजनीतिमा आबद्ध हँुदै अनेरास्वियुको केन्द्रीय कमीटीमा पुगे । त्यसपछी एमालेको जुम्ला जिल्ला र प्रदेश कमिटीमा बसेर काम गरिसके । अब केन्द्रको राजनीति गर्ने बेला भएन र ? पछाइले भनिन् ‘सांगठनीक हिसावले क्रियाशिल छु, बैचारिक हिसावले अडिक र परिपक्व छु, देश विकास र समाजमा प्रगतिशील रुपान्त्रण गर्ने युवा जोस जागर छ, पुरानो अनुभवी नेतृत्वलाई आदार र सम्मान गर्ने राजनीतीक संस्कार छ, त्यसैले म केन्द्रीय सदस्य पदको उम्मेद्वारकालागि शसक्त दाबेदार हो ।’
नेतृ पछाइले नेपालको जेन्जी आन्दोलनले उठाएको थुप्रै जायज मुद्दाहरु रहेको उल्लेख गर्दै ती मुद्दाहरु एउटा पुस्ताको लागि मात्र नभएर समग्र नेपालीका मुद्दा रहेको बताइन् । ‘म लगायत नेकपा एमालेमा आवद्ध ठुलो युवापंक्ती छ जसले अहिलेको पुस्ताका भावनाहरुलाई सजीलै बुझ्न सक्छ, र त्यसअनुरुप हाम्रो पुस्ताका मागहरुलाई संबोधन गर्न पाटीमाा मेरो भुमीका रहन्छ ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...