एनपीएल २०२५ स् फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।
प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।
Advertisement
लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्यो ।यी दुई टोली शनिबार मात्र लिग चरणको आ(आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।
यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।सम्भावित ११
Advertisement
सुदूरपश्चिम रोयल्स स् विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याकसनरपुनीत मेहरा, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामीरहिक्मत महरा, दिपक बोहरा
विराटनगर किङ्स स् फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी




































प्रतिक्रिया