Close sidebar

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।

तीन करोड पचास लाख भन्दा बढी रकममा खरिद गरिएका सातवटा नगरबस छोटो समयमै प्रयोगविहीन भएर थन्किएपछि नेपालगन्ज उपमहानगरपालिकाले ती बस व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको हो ।

Advertisement

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ रुपियाँ मा खरिद गरेको थियो ।

तर, खरिदको केही समय उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गरेपनि निरन्तरता दिन सकेको थिएन ।उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि टेन्डर आव्हान गरी ठेक्कामा लगाएको थियो ।

Advertisement

तर, ठेकेदारले समेत बस सञ्चालन नियमित गर्न नसकेपछि गत ६ वर्षदेखि नगर बसहरू थन्क्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजालले लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी सञ्चालनमा ल्याए पनि निरन्तरता दिन नसकिएकोले हाल आएर ती बसहरूको व्यवस्थापनका लागि अध्ययन गरेर प्रतिवेदन पेश गर्न एक अध्ययन समिति गठन गरिएको बताउनुभयो ।

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले थन्किएका सात वटा नगर बस व्यवस्थापनका लागि वडा नम्बर चारका वडाअध्यक्ष गोपाल पुनको संयोजकत्वमा ६ सदस्यीय नगर बस व्यवस्थापन अध्ययन समिति गठन गरेको छ ।

Advertisement

नगरबसका विषयमा अदालतमा समेत मुद्दा रहेको छ । थन्किएको अवस्थामा रहेका नगरबसको हालको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन आगामी कार्यपालिका बैठकमा पेश गर्न १५ दिन समय तोकी समिति गठन गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको थियो सोही बमोजिम सञ्चालन गर्न उचित हुने देखिन्छ, तर त्यसको समग्र पाटो प्रतिवेदनमा आएपछि आगामी कार्यपालिकाले के गर्ने भन्ने निर्णय लिनेछ ।”

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका नगरबसहरु अहिले थन्क्याएर राख्नु निकै दुखद भएको जनाउँदै अध्ययन समितिको प्रतिवेदनपछि सञ्चालन हुने आशा बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ठूलो धनराशि खर्च गरेर किनेका बसहरुलाई सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन, विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भएपनि सञ्चालन हुनुपर्छ ।”

यति धेरै ठुलो लगानी गरिएका नगर बसहरुलाई तत्काल सञ्चालन गरेर नगरवासीलाई सेवा प्रदान गर्नुपर्ने माग अधिकांश स्थानीयले गत छ वर्षदेखि गर्दै आएका छन् ।

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...