Close sidebar

नागरिक प्रतिरक्षा बल बाँके जिल्ला संयोजकमा गौरव रावल चयन

राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा जिल्ला समिति पुनर्गठन
बाँके । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बाँके जिल्लाको जिल्ला कार्यसमिति पुनर्गठन गरेको छ। भेरी अञ्चल संयोजक शाहदत अली गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला तथा अञ्चलस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सूचना तथा सञ्चार विभाग प्रवक्ता भेरीका ऋषि राज पन्त, बर्दिया जिल्ला कमिटीका कोषाध्यक्ष तथा मधुवन नगर संयोजक विजय परियार, ऋणि एसोसिएसन बर्दिया संयोजक कृष्ण परियारलगायतको रोहबरमा बाँके जिल्ला समिति पुनर्गठन गरिएको हो।

Advertisement

पुनर्गठित समितिअनुसार बाँके जिल्ला संयोजकमा लालबहादुर शाह चयन हुनुभएको छ भने बाँके महिला जिल्ला संयोजकमा अमृता कार्की चयन हुनुभएको छ।

यसैगरी, नागरिक प्रतिरक्षा बल बाँके जिल्ला संयोजकको जिम्मेवारी गौरव रावललाई प्रदान गरिएको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

गौरव रावलप्रति संगठनको भरोसा
नागरिक प्रतिरक्षा बल जिल्ला संयोजकमा चयन भएका गौरव रावल सामाजिक सेवामा सक्रिय, नागरिक अधिकार र सुरक्षाका सवालमा निरन्तर आवाज उठाउँदै आएका युवा अभियन्ता हुनुहुन्छ। उहाँको नेतृत्वमा बाँके जिल्लामा नागरिक प्रतिरक्षा बललाई थप प्रभावकारी, जनमुखी र सक्रिय बनाइने विश्वास संगठनले व्यक्त गरेको छ।
रावलले नागरिक सुरक्षा, पीडितको न्यायिक पहुँच, आपतकालीन सहयोग तथा सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत गठित सम्पूर्ण समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, सबैखाले पीडित नागरिकहरूलाई कारकाँदो भुजई गाउँमा रहेको सम्पर्क कार्यालयमा सम्पर्क गरी आफ्ना समस्या राख्न र सहजीकरण गराउन भेरी अञ्चल कमिटीले आग्रह गरेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...