Close sidebar

गायक टंकको नेपालगन्ज महोत्सवमा बेजोड प्रस्तुती

हेर्दा लाग्छ दयालुमा रमाए दर्शक,
स्वर्ग कि अप्सरा भनेपछि नेपालगन्ज महोत्सवको माहोल तातियो,
नेपालगन्ज ः नेपालगन्जमा जारी महोत्सवमा चर्चित गायक टंक ंतिमिल्सेनाकोे दमदार इन्ट्रि भएको थियो । नेपालगन्जमा संचालन भैरहेको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव चर्चित गायक टंक तिमिल्सेनाको पुका पुका गाला बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए । नेपालगन्जको महोत्सवमा आएका टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा, वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तिम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कर्णाली, अछामबाट म सुर्खेत आकोछु, नाचिदेउ सैया दनादन, लगायत बोलको गीतहरु गाउँदा दर्शकहरु चिच्याउदै हो(हल्लाका साथ रमाएका थिए । यस्तै शान्ति श्री परियारले हिजो राती सपनीमा चुम्मन गरे राजै बोलको गित प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेर साथ दिएका थिए । एकपछि एक चर्चित गित प्रस्तुत गरेका गायिका शान्तिश्रीले न्याउली बनैमा, हितैको माया,कम्मरमा पाटुकी, जुनेली रातै रातमा, लौन नी भैया हान्देउ गुलेलीले, अरेली काडैले मलाइ चस्सै चस्सै, गलबन्दि च्यातियो तिमले तानेर लगायत दर्जन बढि चर्चित चर्चित गित प्र्रस्तुत गर्नु भएको थियो ।
यस्तै मोडेल निशा गिरीले नृत्य प्रस्तुत गर्नु भएको थियो भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।
पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, प्रिति आले, लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक समर बहादुर खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ जसमा १४ जनाको प्रतिस्प्रधा भैरहेको छ । यस्तै आज मंगलवार नेपालगन्ज महोत्सवमा चर्चित गायक बद्रि पंगेनी, एञ्जिला रेग्मी, गायक शिव जिएम, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...