Close sidebar

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् ।

संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल युवा व्यवसायीका रुपमा लोकप्रिय छन्।

Advertisement

बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका युवा नेता उनै मल्ल यो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यासी छन् । मल्ल एमाले पार्टीका लागि भरोषा योग्य छन् । वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचन खजुरा गाउँपालिका-१ बाट वडा अध्यक्ष निर्वाचित भएपछी उनको कार्यशैलीबाट जनता प्रभावित भएका थिए ।वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा भने उनलाई असफलता व्यहोर्नु पर्यो । त्यसको मुख्य कारण नेपाली काँग्रेस र माओवादी गठबन्धन थियो । तर यो पटक गठबन्धन
छैन । मल्लका लागि यो अनुकुलता देखिन्छ। 

संगसंगै मल्ल युवापुस्ता र युवा भोटरको चाहना र पहिलो रोजाईको उम्मेदवार समेत हुन् । युवापुस्तामा लोकप्रिय मल्ल बिकास प्रेमी समेत छन् । मल्ल वडाअध्यक्ष रहदा गरेको बिकासको चर्चा बाँके जिल्लामा अहिले पनि हुने गरेको छ ।

Advertisement

यस अघि बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौरले २९ हजार ४० मत ल्याएर चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे । त्यो गठबन्धन काँग्रेस र माओवादी सँग थियो ।

वि.सं.२०७९को चुनाव भन्दा यो चुनाव मल्लका लागि अनुकुल देखिन्छ । प्रदेश तहको चुनाव छैन अनि गठबन्धन कसैको छैन । यो पटक एमालेले आफ्नो सबै शक्ति मल्लको सफलताका लागि लगाउने अवस्था छ । बाँके क्षेत्र नम्बर ३ मा उनको प्रतिष्पर्धी कम्जोर जगका छन् । उनका प्रतिष्पर्धीका रुपमा अघिल्लो निर्वाचन जितेको दल काँग्रेसका निवर्तमान सांसद राठौर क्षेत्र छाडेर बर्दिया हिंडेपछी त्यहाँ उनलाई नयाँ अनुहारहरु सँग फेस गर्न चुनौति छैन्।

Advertisement

बाँके क्षेत्र नम्बर ३ नेकपा एमालेको उर्वर क्षेत्र हो । यो क्षेत्र बाँके कम्युनिष्टहरुको पाठशाला हो । तर माओवादी सँगको पार्टी एकता पछी र त्यसको भङ्ग पछि थोरबहुत संगठन अलमलमा परेको थियो । तर यतिबेला एमाले संगठित रुपमा फुल्ली फङ्गसनमा रहेको उम्मेद्वार मल्ल बताउँछन् ।
यो पटक मतदाताको चाहनामा युवा र नयाँ अुहार आउनु पर्छ भन्ने भएकाले एमालेले पार्टीको टिकट वितरणलाई अन्तिम रुप दिन केही समय लागेको थियो । त्यसकारण मल्लको आधिकारिक उम्मेद्वारी आउन केही ढिला भएको बाँके एमालेले जनाएको छ ।

बाँके क्षेत्र नं. ३ मा काँग्रेसका अमरसिंह पुन र रास्वपाका खगेन्द्र सुनार सहित नेकपाका दिपक जिएम सहित झण्डै दुई दर्जन उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...