Close sidebar

गोपाल जिएमका चर्चित प्रस्तुतीमा नेपालगन्ज महोत्सव झुम्यो

जिएमको प्रस्तुतीमा नाच्दै रमाए नेपालगन्ज महोत्सवका दर्शक
गोपाल जिएमको प्रस्तुतीपछि महोत्सवमा बढ्यो रौनक
नेपालगन्ज महोत्सवमा दर्शकको उत्साह, जिएमको धमाकेदार प्रस्तुती

नेपालगन्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक गोपाल नेपाल जिएमको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा जिएमले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।
यस्तै चर्चित गायक गोपाल जिएमको प्रस्तुतीले दर्शकको रोकिएन आशु । चर्चित गायक जिएमको साउदी मेलेसिया धन कमाउन साउदी मलेसिया आमा तिमलाई सम्झेर यो मन छिया छिया बोलको गितमा दर्शकले थाम्न सकेनन आशु । स्टेजमा चढ्ने वित्तिकै वाहवाही पाएका गायक जिएमले विदेश गएका छोराहरुको सम्झनामा गित गाएपछि महोत्सबका दर्शक धुरुधुरु रोकएका थिए ।
महोत्सवमा नेपालगन्ज घुमाउछु कि धनगढी घुमाउछु, माया गर्छु सक्कली विश्वास गर नक्कली, के छ त बर कस्तो विचार, आइएमई गर १५ हजार जहाज मै आउछु भेटनलाई नभेटी नहुने भन्छु मायालु, मारा मारा हुन्छ मारामार, कि त वार कि त पार, पहिले चढथे बुलेट, अछामैमा चिसो चिसो नेपालगन्ज तातो तातो, थरुनीको माया जालमा परियो, मेरो माया उल्का भो तिम्रो माया हल्का फुल्का भो, नक्कली मोरी टाढै बसौ भन्दा नजिक नजिक परि, लगायतको चर्चित गीतमा दर्शकहरू रमाउँदै उफ्रँदै नाचेका थिए । जिएमले गीत गाइरहँदा महोत्सवका दर्शकहरू नाच्दै रमाएका थिए ।

Advertisement

महोत्सवमा गायक चन्द्र घायल , डान्सर लभ्ली बिष्ट मगर, गायक हेमन्त पंगाली, गायक धर्म बि.क., गायक नयन नेपाली, गायक भिम श्रीष, गायक जनक बि.क., गायक नवराज साईला, गायक टेकेन्द्र विशाल, बेजोड प्रस्तुति रहेको थियो भने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।
पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । चर्चित गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ ।
भोलि १४ गते बुधवार नेपालगन्ज महोत्सवमा चर्चित गायक प्रकाश सपुत, गायिका रितु शाही डान्सर यमुना भण्डारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने माघ १७ गते लोकप्रिय तथा चर्चित गायक दुर्गेश थापाको प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।
यसैबीच, दर्शक तथा व्यवसायीहरूको उच्च चापलाई मध्यनजर गर्दै महोत्सवको अवधि माघ १७ गतेसम्म थप गरिएको महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...