Close sidebar

भाषणमा भन्दा काममा विश्वास गर्ने लोकप्रिय नेता ध्रुवकुमार शाही

टार्जन वली
सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्।
राजनीतिक यात्रामा उतार–चढाव देखेका शाही २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई पराजित गर्दै राष्ट्रिय चर्चामा आएका थिए। २०७९ मा भने पुनः खड्कासँग पराजित भए। यसपटक राजनीतिक समीकरण फेरिएको छ।
पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले उनका भाइ विष्णु खड्कालाई उम्मेदवार बनाएको छ। यस्तो अवस्थामा विगतका काम र विकासको ट्र्याक रेकर्डकै आधारमा शाही फेरि जनताको विश्वास जित्ने दाउमा छन्।

ध्रुवकुमार शाहीको राजनीतिक यात्रा २०४५ सालमा नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट अनेरास्ववियु (छैठौं) हुँदै सुरु भएको हो। २०५४ सालमा एमालेको तर्फबाट मालारानी गाविस अध्यक्ष निर्वाचित भएका उनी २०७२ सालदेखि नेकपा एमाले सुर्खेतको अध्यक्ष, त्यसपछि नेकपा (एकीकृत) सुर्खेत अध्यक्ष र हाल एमाले कर्णाली प्रदेश कमिटी सचिवको जिम्मेवारीमा छन्।

Advertisement

विकासका ठोस आधार
ध्रुवकुमार शाहीलाई किन जिताउने ? यसको जवाफ उनका कामहरूले दिन्छन्।
मदन भण्डारी राजमार्ग, दशरथपुर–नेटा सडक, गँगटे–चौरासे हुँदै बनकुना सडक ट्र्याक खोल्ने काम शाहीकै पहलमा सम्भव भयो। भेरी–बबई करिडोर, गँगटे–आरानटुडा–जाजरकोट सडक र भेरी–बबई डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू उनको कार्यकालमै सुरु भएका हुन्।
शिक्षा क्षेत्रमा लेकबेशी, लेकफर्सा, चुनियापानी, चन्द्रपुर, कुपनेपानी, लमना, सरस्वती लगायत दर्जनौं माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयका भवन निर्माणमा उनको प्रत्यक्ष पहल देखिन्छ।
स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना, नगर अस्पतालको सुरुवात जस्ता दीर्घकालीन काम उनको नेतृत्वमै अघि बढे।
ग्रामीण विद्युतीकरण चिङ्गाड, सिम्ता र भेरीगंगा क्षेत्रमा विस्तार भयो भने भेरी–बबईबाट दर्जनौं सिँचाइ योजनाले किसानको जीवनस्तरमा परिवर्तन ल्यायो। लेकबेशी खानेपानी परियोजना, सिम्ता उज्यालो कार्यक्रम, विभिन्न सामुदायिक भवन निर्माण, भुतचोक–साटाफाट सडक स्तरोन्नति—यी सबै योजनाले शाहीको विकासप्रतिको प्रतिबद्धता देखाउँछन्।
किन फेरि शाही ?
ध्रुवकुमार शाही भाषणमा होइन, परिणाममा विश्वास गर्छन्। उनले सुरु गरेका योजना कागजमै सीमित छैनन्, जमिनमा देखिन्छन्।जनताकेा सुख दुखमा भैरहने उनलाई सुर्खेत–१ मा फेरि जिताएर पठाउँदा अधुरा योजना पूरा हुने र नयाँ विकासका ढोका खुल्ने स्थानीयको विश्वास छ।
त्यसैले, विकासको निरन्तरता, अनुभव र कामको आधारमा सुर्खेत–१ का मतदाताले यसपटक पनि ध्रुवकुमार शाहीलाई अत्यधिक मतका साथ विजयी बनाउनु आजको आवश्यकता बनेको छ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...