Close sidebar

नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण सम्पन्न

नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा थारु समुदायको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख गर्दै लोकतन्त्र, समावेशिता र विकासका लागि एमाले प्रतिबद्ध रहेको बताए । उनले थारु समुदायको हकहित, पहिचान र अधिकार सुनिश्चित गर्न एमालेले सदैव प्राथमिकताका साथ काम गर्दै आएको दाबी समेत गरेका छन् ।

Advertisement

“देशको समृद्धि र सामाजिक न्याय बिना लोकतन्त्र पूर्ण हुँदैन,” ढकालले भने, “थारु
समुदायको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि एमालेले ठोस नीति र कार्यक्रम अघि सारेको छ”। उनले आगामी दिनमा जनताको विश्वास जित्ने गरी विकास निर्माण, रोजगारी र सुशासनका मुद्दामा आफू दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले संगठनका नेता–कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान आग्रह गर्दै आगामी निर्वाचनमा बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले थारु समुदायको सक्रिय सहभागिताले पार्टीलाई थप मजबुत बनाउने धारणा राखेका थिए ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा नेपाल लोकतान्त्रिक थारु संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...