ज्ञान बहुमुखी क्याम्पसमा १७औं साधारण सभा सम्पन्न
नयाँ कार्यसमिति र व्यवस्थापन समिति निर्वाचित, पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण
कोहलपुर, बाँके – कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसको २०८२ साल पुस २७ गते सम्पन्न १७औं साधारण सभाबाट निर्वाचित क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति र व्यवस्थापन समिति सर्वसम्मत बाट गठन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि चक्रबहादुर बमले नव–निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
साधारण सभाबाट गठित कार्यसमितिमा अध्यक्षमा ज्ञानेन्द्र खनाल चयन हुनुभएको छ। सदस्यहरूमा डोलराज अर्याल, चक्रबहादुर अधिकारी, ओमप्रकाश चापागाईं, पवित्रा सिग्देल र अमृक प्रसाद चौधरी रहनुभएको छ। मनोनीत लेखा संयोजकमा भूलप्रसाद अधिकारी तथा सदस्य सचिवमा क्याम्पस प्रमुख टेकबहादुर गुरुङ रहनुभएको छ।
Advertisement
त्यसैगरी, व्यवस्थापन समितिको अध्यक्षमा पनि ज्ञानेन्द्र खनाल निर्वाचित हुनुभएको छ। सदस्यहरूमा भीमप्रसाद खरेल, केशवराज सिग्देल, जागेन्द्रकुमार उपाध्याय, ललिता थापा, महानन्द ढकाल र गणेशकुमार खड्का चयन हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिका रूपमा चक्रबहादुर बम सदस्य रहनुभएको छ भने सदस्य सचिवमा टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ।
क्याम्पस प्रमुख टेकबहादुर गुरुङले नव–निर्वाचित समितिलाई बधाई दिँदै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षण प्रणाली विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
Advertisement
“ज्ञान बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो, “विद्यार्थी केन्द्रित नीति, पारदर्शी प्रशासन र अनुशासित शैक्षिक वातावरण निर्माणमा हामी प्रतिबद्ध छौँ।”
कार्यसमिति तथा व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र खनालले क्याम्पसको दीर्घकालीन रणनीति तयार गरी शैक्षिक प्रतिस्पर्धात्मकता बढाउने, नयाँ कार्यक्रम सञ्चालन गर्ने र अनुसन्धानमुखी वातावरण सृजना गर्ने योजना अघि सार्नुभयो।
Advertisement
उहाँले समुदाय, अभिभावक र सरोकारवालासँग सहकार्य गर्दै क्याम्पसलाई आत्मनिर्भर र उदाहरणीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्मान तथा प्रमाणपत्र वितरणसँगै क्याम्पसले नयाँ नेतृत्वमार्फत शैक्षिक सुधारको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले नयाँ समितिले क्याम्पसको संस्थागत विकास, पारदर्शिता र गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
१७औं साधारण सभाले क्याम्पसको भावी दिशा तय गर्दै ज्ञान बहुमुखी क्याम्पसलाई अझ सशक्त र व्यवस्थित शैक्षिक संस्थाका रूपमा अघि बढाउने मार्गचित्र स्पष्ट गरेको छ।




































प्रतिक्रिया