Close sidebar

झण्डा जलाउनेमाथि कारबाही नभए रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी — राष्ट्रिय युवा सङ्घ नेपाल नेता भुसाल

राष्ट्रिय युवा सङ्घ नेपाल का कर्णाली प्रदेश सह–इन्चार्ज तथा सुर्खेत जिल्ला इन्चार्ज रामबहादुर राणा भुसालले पार्टीको झण्डा जलाउने र एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने गतिविधिमा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार न्युज बाँकेसँग कुरा गर्दै भुसालले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि निराधार आरोप लगाइएको र पार्टीको झण्डा जलाइएको घटनालाई “अराजक मानसिकताको प्रतीक” भएको बताए। उनले यस्ता गतिविधिले सामाजिक सद्भाव बिथोल्ने, द्वेष फैलाउने र राजनीतिक वातावरणलाई अस्थिर बनाउने जिकिर गरे।
यसअघि संघको केन्द्रीय समिति, केन्द्रीय कार्यालय काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानले दिएको राजनीतिक अधिकारको दुरुपयोग गर्दै अराजकता फैलाउने र आपराधिक गतिविधिमा संलग्न हुने कार्य अस्वीकार्य रहेको उल्लेख छ। लोकतन्त्र मर्यादा, विधि र जिम्मेवारीको प्रणाली भएको भन्दै संघले लोकतन्त्रको आवरणमा अराजक गतिविधि नगर्न सचेत गराएको छ।

Advertisement

भुसालले राज्य संयन्त्रलाई घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गर्दै कारबाही नभए संगठन देशव्यापी रूपमा प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। साथै, संघले मातहतका समितिहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको जनाएको छ।

संघले राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच पुर्‍याउने कुनै पनि प्रयासको कडा प्रतिवाद गरिने स्पष्ट पारेको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...