Close sidebar

ब्रिज इन्टरनेसनल स्कुलमा एसइई तयारी तीव्र, ३९ विद्यार्थी परीक्षा दिने

बाँके — कोहलपुर नगरपालिका–५ पृथ्वीनगरस्थित ब्रिज इन्टरनेसनल स्कुलले आउँदै गरेको एसइई परीक्षा
का लागि विद्यार्थीहरूको तयारीलाई तीव्र बनाएको जनाएको छ। विद्यालयले यस वर्ष ३९ जना विद्यार्थीलाई एसइई परीक्षाका लागि तयारी गराउँदै परीक्षा दिन पूर्ण रूपमा तयार पारिसकेको जानकारी दिएको छ।
विद्यालयका सञ्चालक समीर घर्तीका अनुसार २०८२ चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई विशेष तयारी कक्षा सञ्चालन गरिएको छ। विगतका वर्षहरूमा राम्रो नतिजा हासिल गर्दै आएको विद्यालयले यस वर्ष पनि उत्कृष्ट परिणाम ल्याउने अठोट लिएको उनले बताए।
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा हाल ७२६ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये कक्षा १० का ३९ जना विद्यार्थीले यस वर्ष एसइई परीक्षा दिने भएका छन्।
विद्यार्थीहरूको अध्ययनलाई थप प्रभावकारी बनाउन विद्यालयले विशेष तयारी कार्यक्रमसँगै छात्रावासको समेत व्यवस्था गरी निरन्तर अभ्यास र पुनरावृत्ति कक्षा सञ्चालन गरिरहेको जनाएको छ।
यसैबीच, एसइईमा सहभागी हुन लागेका विद्यार्थीहरूको हौसला बढाउन विद्यालयले फागुन ३० गते विदाई कार्यक्रम (फेयरवेल) आयोजना गर्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गर्दै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...